Sunday, October 22, 2023

महाअष्ठमी अर्थात् ढिक्रहवा दिन



दशैं नेपालीहरुको लागी सबैभन्दा महत्वपूर्ण चाड हो । यस चाडलाई विभिन्न तरिकाले मनाउने गर्दछन। दशैं चाड विजय उत्सवको रूपमा दुर्गा देवीको पुजाआजा गरीन्छ । दशैं दस दिन सम्म मनाईन्छ।


 थारु समुदायमा यस दिन अर्थात महाअष्ठमीको दिन ढिक्री पकाउने गर्दछन ।यस ढिक्रीलाई दिउँसो पकाउने गर्दछन । दशैंमा पकाउने ढिक्री अन्य समयमा पकाएका ढिक्री भन्दा फरक हुन्छ । यस दिन थारु समुदायमा विभिन्न थारु जातिमा विभिन्न प्रकारका ढिक्री बनाएर साझ पख मतलब सुर्य अस्ताए पछि खोलामा व्रतालुहरु नुहाउन जान्छन् ।

नुहाउन जांदा कलस् लिएर जाने गर्द छन । खोलामा व्रतालुहरु नुहाउन गएका समयमा देउतामा राखिएको बहर्नी (पहिले सालको) लाई विदाई गर्दछन र नयाँ बहर्नी बनाउद छन् । साथमा लगेको कलस्मा जल लियएर आई सके पछि घरमा आएर दिउराहार कोन्ती (देवताको कोठा) दिउँसो पकाएको ढिक्री पर्तेक देवता लाई चढाइन्छ धम्रज्वालाई ( वैठक कोठामा राखिएको देउता) पनि त्यही तरिकाले चढाइन्छ । दिउराहारमा भेर्वा(भेरा) पनि वनाएका हुन्छन । वलेको हाँङ्गा पनि लिएका हुन्छन्। सबै पुजापाठ गरि सके पछि खोलाबाट ल्याएको जल, रक्सी , बहर्नी चढाइन्छ। त्यस पछि भेयालक पत्या्मा विधि पुर्वक ढिक्री राखी घरको दलिन्मा कोचारी राखछन । र ढिक्रीलाई आफ्नो पालिएका गाई गोरु लाई खुवाई कुकुर लाई खान वोलाउछन । त्यस पछि आफु खान्छन्। यस दिनलाई महत्वपूर्ण मानिन्छ। दशैं लागी सके पछी पित्री देवता बाट मुक्त भएका हुन्छन् । दशैंको समयमा पित्रीहरुले जो को लाई सताउने दुख दिने दराऊन दिने गर्दछन । त्यसैले आजका दिन पित्रीहरुलाई घरमा खान बोलाउछन् । यसै दिन भेर्वालाई विहानै भाले बास्नु भन्दा अगाडि त्यस भेर्वालाई वलि दिईन्छ । पित्रीहरुलाई महानवमीका दिन वलि दिएर दवताको सामु बाँधिन्छन् । त्यस पछि दशमीका दिन तिका जमरा लगाएर मनोरञ्जन प्रदान गर्दछन् ।

 



1 comment:

MAhaNababi ma Tharu Community

थारु समुदायमा महानवमीको दिन कसरी पुजा गर्दछन त यस दिन विहानै भाले वास्नु भन्दा अगादी कुपेन्दे(भेरो गराएको हुन्छन) लाई वली दिन्  उठ्छन । विह...