सनिवार राती भाले बास्नु भन्दा पहिले १२बजे देखी ३ बजेको बीचमा "भिन्सर्या" खान उठ्छन्।
भिन्सर्या खानलाई पहिले नै योजना बनाए सबै खाने कुरा बनाएको हुन्छन्। भिन्सर्यामा बिशेष गरि खोलाबाट मारेर ल्याएको माछा खान्छन् ।
अटुवारी पर्व लाई बडका अटुवारी पनि भनिन्छ।यो पर्वलाई परिवारजनसँग सम्बन्ध जोड्ने पर्व पनि भनिन्छ। यो पर्व तिज आउनु भन्दा अघिल्लो आइतबारको दिन मनाईन्छ।
यस पर्वमा भिमको पुजा आराधना गरि सुर्य देवको पुजा गरिन्छ। यस दिन दाजुभाइले दिदीबहिनीको दिर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्।
अग्गरासन भनेको के हो ?
यस दिन वर्तालुहरुले भिमलाई पहिलो पटक एक साईदबाट पाकेको रोटीका परिकार बुझाइ पुजाआजा गरिसके पछि दिदीबहिनीको लागि मिठो मिठो रोटीका परिकार बनाएर फलफूल दुध दही खान दिन्छन्।
त्यसै गरी दोस्रो दिन विहानैदेखि पहिलो पटक पाकेको भात ,७ प्रकारको तरकारीहरु ( पवोइ , तोरिको साग ,गब्दा ,उरुदको गेडागुडी,केरौ गेडागुडी,वोरी ) भिमलाई बुझाई पुजाआजा गरिसके पश्चात दिदीबहिनीको दिर्घायुको लागी खान दिइन्छ। यस खान दिइने परिकारलाई अग्गरासन भनिन्छ। विवाह भइ टाढा हुने दिदी-बहिनीलाई दाजुभाइले उनिहरु कै घरमा अग्गरासन लगि खान दिइन्छ। अग्गरासन
पुर्याउन आएको दाजुभाइलाई खाली हात पठाउन हुदैन भन्ने किंवदन्ती रहेका हुँदा दिदीबहिनी हरु ले केही रोटीका परिकार बनाएर पठाउने गिरन्छ ।
त्यसै गरी अटुवारी पर्व सकिन्छ।
No comments:
Post a Comment