थारु समुदायमा महानवमीको दिन कसरी पुजा गर्दछन त
यस दिन विहानै भाले वास्नु भन्दा अगादी कुपेन्दे(भेरो गराएको हुन्छन) लाई वली दिन् उठ्छन ।
विहान भइसके पछि पुजा कोठा गोबरले लिप्पोत गरिन्छ , केही समय पछि पिठोको जोल बनाएर देवताको अगाडी
दुइ दुइ वोटा गोलो आकारका घेरा बनाइन्छ र त्यही पुजा कोठामा एक छेउमा ६ प्रकारका घेरा पनि
बनाइन्छ । यो सबै काम घरमा भएका कुनै सदस्यले गरि दिन्छन त्यसै सङ्सगैं पित्रीहरुलाई दिने भोझन दिनको लागि तपरी समेत बुनि दिन्छन । उनिहरु समेत व्रत हुन्छन ।
पुजारीहरु व्रत हुन्छन , उनिहरु विहानै एउटा कलस , देवता सामु राखिएका बहरणी लिएर चोखो हुन खोला
नुहाउन जान्छन । नुहाउदा पुरानो बहरणीलाई विधी पुर्व विदाई गर्दछन र नयाँ वनाउछन ।